
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका कोशी प्रदेश सभापतिमाथि कारबाहीको डण्डा चलाएको छ ।
पार्टीले सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको हो । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिए ।
तिम्सिनाले पार्टीका पूर्व महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको उनको भनाइ छ।
यसैबीच ढकालले फेसबुकमार्फत देवकोटाको कडा आलोचना गरेका छन् ।