
ह्वाइट हाउसले मेक्सिकोको सीमामा थप १५ सय सेना पठाउने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेको दुई दिनपछि सीमामा थप १५ सय सेना खटाउन लागिएको हो ।
सीमामा अवैध घुसपैठ रोक्न ट्रम्पले यो निर्णय लिएको उनका प्रवक्तालाई उद्धृत गर्दै एपीले जनाएको छ ।
जसमा सेनाको हेलिकप्टर चालक दल र गुप्तचर विश्लेषकहरू पनि समावेश हुनेछन् ।
सीमामा यसअघि नै २२ सय सेना र हजारौं राष्ट्रिय गार्ड तैनाथ छन् ।
ट्रमपले पदभार ग्रहणको पहिलो दिनमै मेक्सिकोसँगको अमेरिकी सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेका थिए ।