०३ असार २०८३, बुधबार

दुई थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

माघ २३, २०८१
काठमाडौं
दुई थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

कैलालीमा दुई थान भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका- १८ एफ गाँउस्थित आर्यघाटबाट भरुवा बन्दुक २ थान र चक्कु १ थानसहित ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका- १९ बस्ने ३९ वर्षीय गुरूप्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्