२२ असार २०८३, सोमबार

बूढानीलकण्ठको अनलाइन जुवा अखडामा प्रहरी छापा, २३ जना पक्राउ, ८८ मोबाइल बरामद

माघ २८, २०८१
काठमाडौं
बूढानीलकण्ठको अनलाइन जुवा अखडामा प्रहरी छापा, २३ जना पक्राउ, ८८ मोबाइल बरामद

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा प्रहरीले छापा मारेर २३ जनालाई पक्राउ गरेको छ । 

उनीहरूको साथबाट प्रहरीले ८८ वटा मोबाइल र १० ल्यापटप बरामद गरेको जनाएको छ । बरामद मोबाइल र ल्यापटपमा फेला परेका तथ्य केलाउने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी विश्व अधिकारीले जानकारी दिए । 

उनका अनुसार गोप्य सूचनाका आधारमा आइतबार राति स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिकलाई पक्राउ गरिएको थियो । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गर्दै आएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यो गिरोहले हालसम्म करिब ३ अर्बको कारोबार गरेको मोबाइल र ल्यापटपमा फेला परेको तथ्यले देखाएको छ ।

एसएसपी अधिकारीले भने, ‘बरामद गरिएका मोबाइल र ल्यापटपमा भेटिएका तथ्यहरू केलाउने काम भइरहेको छ, यो विशुद्ध अनलाइन जुवाका लागि प्रयोग भएको देखिन्छ । हामी अनुसन्धानमै छौं ।’

salt training

कमेन्ट गर्नुहोस्