०३ असार २०८३, बुधबार

पर्सामा अवैध लागुऔषध गाँजा र चरेशसहित एक जना पक्राउ

फागुन ८, २०८१
काठमाडौं
पर्सामा अवैध लागुऔषध गाँजा र चरेशसहित एक जना पक्राउ

पर्सामा अवैध लागु‍औषध गाँजा र चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् ।

उनको साथबाट लुकाइछिपाई राखिएको लागुऔषध गाँजाजस्तो देखिने पदार्थ ६ केजी ३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागुऔषध चरेशजस्तो देखिने पदार्थ २ केजी १०० ग्राम फेला बरामद भएको पर्साका डीएसपी सुवास भट्टले जानकारी दिए । 

nullबरामद गाँजा र चरेश ।

बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्