
बाजुरामा विवाहको भोजमा युवकको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका- ७ का २७ वर्षीय लोकेन्द्र खड्का, २५ वर्षीय खेमराज विष्ट र २२ वर्षीय दीर्घ विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बूढीगंगा नगरपालिका- ८ का सन्तोष खड्काको विवाहको भोजमा पुगेका २७ वर्षीय रणबहादुर थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विवाह भोजमा उनीहरूबीच विवाद भएको थियो । विवादपछिको कुटपिटबाट थापाको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।