२२ असार २०८३, सोमबार

विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलतः महासचिव पोखरेल

फागुन १४, २०८१
काठमाडौं
विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलतः महासचिव पोखरेल

एमालेका महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । 

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीद्वारा आज राजधानीमा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए । 

“हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ”, उनले भने । 

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताए । 

कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले  बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्