०३ असार २०८३, बुधबार

जनकपुरमा उल्लासपूर्वक मनायो होली

चैत २, २०८१
काठमाडौं
जनकपुरमा उल्लासपूर्वक मनायो होली

जनकपुरधामलगायत यस क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ । स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् । 

तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी आज होली मनाइएको हो । मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । 

नगरका विभिन्न स्थानमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्