३० असार २०८३, मंगलबार

दक्षिण अमेरिकामा भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

चैत ३, २०८१
काठमाडौं
दक्षिण अमेरिकामा भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु
तस्वीर : स्काइन्युज

दक्षिण अमेरिकामा भयानक आँधी आएको छ । आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ । 

धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको बीबीसीले जनाएको छ । आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।  

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ ।

ट्र्याकर पावरआउटेजका अनुसार ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन । यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन् । 

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ । यी तीन राज्यहरूबाहेक, अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको खबरमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्