२० असार २०८३, शनिबार

माधव नेपालको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक

चैत १३, २०८१
काठमाडौं
माधव नेपालको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बैठक जारी छ । 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेसपाका महिन्द्रराय यादव सहभागी छन् ।

यसैगरी, माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरू पनि बैठकमा सहभागी छन् ।

बैठकमा मोर्चाको गतिविधि र आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ । शुक्रबार काठमाडौंमा गरिने प्रदर्शनलाई प्रभावकारी बनाउनेबारे समेत बैठकमा छलफल चलिरहेको छ । 

मोर्चाले गणतन्त्रका पक्षमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने तय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्