३१ असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभाको अवरोध हट्यो

चैत १८, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभाको अवरोध हट्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभा बैठकको अवरोध हटेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले संसद्मा सम्बोधन गरेका हुन् । 

यसअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरूले संसद् अवरुद्ध गर्दै आएका थिए  । 

प्रधानमन्त्री ओलीले घिसिङलाई पदबाट हटाउनु स्वाभाविक रहेको जवाफ दिए । ओलीले एकजना कर्मचारीका विषयमा प्रश्न उठाएर सदन अवरुद्ध गर्दा महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको बताएका थिए ।

माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभए पनि विषय अदालत नजाँदै आफूहरूले जवाफ मागेको बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्