
१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा इलाममा एक ५१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
चुलाचुली गाउँपालिका-६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।
हेमबहादुरले ती किशोरीलाई डरत्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।