२२ असार २०८३, सोमबार

विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू

बैशाख ३, २०८२
काठमाडौं
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरीमाथि छानबिन शुरू भएको छ । 

विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन शुरू गरेको हो । 

उनीहरूलाई जिम्मेवारीबाट हटाई रानीपोखरी झिकाएर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।

विदेशबाट स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने किसिमको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको एसएसपी खनालले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्