![सरकारको कुरा नसुन्ने शिक्षक आन्दोलन १६ औं दिनमा, सडक कब्जा गरेर नाचगान [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Teachers_protest.-1986_4PHM7DGHHJ.jpg)
शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् ।
सरकारले वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत् शिक्षकमा मागमा संवेदनशील रहेको जनाउँदै ऐन जारी गर्ने प्रयोजनार्थ संसद् बैठक बोलाउने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १२ गतेका लागि संसद् अधिवेशन आह्वान गरिसकेका छन् ।
शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच पटकपटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन । शिक्षकहरू सरकारप्रति विश्वस्त हुन सकेका छैनन् । जसका कारण आन्दोलन १६ औं दिनसम्म पनि जारी छ ।
शिक्षकहरू अहिले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्मै सडकभरी छरिएर गीत गाउँदै, नाच्दै आन्दोलन गरिरहेका छन् ।
विद्यालयमा भर्ना अभियान चलाउनुपर्ने बेला शिक्षकहरू आन्दोलनमा गएपछि आलोचनाका स्वर पनि सुनिन थालेका छन् । उनीहरूले सरकारको कुरा नसुनेको टिप्पणी पनि हुन थालेको छ ।











