३१ असार २०८३, बुधबार

चीनको जवाफी करपछि हच्किए ट्रम्प, ट्यारिफ अन्त्य गर्ने संकेत

बैशाख ५, २०८२
काठमाडौं
चीनको जवाफी करपछि हच्किए ट्रम्प, ट्यारिफ अन्त्य गर्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र चिनियाँ बजारमा धक्का पुर्‍याउने गरी गरिएको प्रतिशोधात्मक कर वृद्धिको सम्भावित अन्त्यतर्फ संकेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल एप टिकटक सम्बन्धी सम्झौता पनि केही समयका लागि रोकिएको जानकारी दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अत्यधिक करले बजारमा असर पारेकाले अब थप वृद्धि नगर्न सकिने संकेत गरेका हुन् । 

‘म कर अझै बढाउन चाहन्नँ, किनभने एक बिन्दुमा पुग्दा मानिसहरूले सामान नै किन्न छाड्छन्’ ट्रम्पले भने । 

ट्रम्पले अनुसार कर दर अत्यधिक हुँदा उपभोक्ताहरूको खर्च घट्ने भएकाले कर कम गर्नेतर्फ विचार गरिरहेको बताए । 

‘सायद म कर घटाउनेतर्फ जान चाहन्छु, किनभने मानिसहरूले सामान किन्नुपर्ने हुन्छ । कुनै अवस्थामा त किनमेल नै बन्द हुन सक्छ’, ट्रम्पले थपे । 

अमेरिकाले यही अप्रिल २ तारिखदेखि चीनसहितका देशहरूमाथि १० प्रतिशतसम्मको नयाँ आयात कर लगाएको थियो । त्यसपछि चीनले पनि जवाफी कर लगाएको थियो । 

चिनियाँ वस्तुमाथि अमेरिकाले हालसम्म १४५ प्रतिशतसम्म कर लगाइसकेको छ । यद्यपि, चीनले भने थप कर लगाउने तयारी नरहेको संकेत दिँदै ‘संख्याको खेलमा सहभागी नहुने’ प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्पका अनुसार, कर लागू भएयता चीन अमेरिका सम्पर्कमा रहेको छ र दुबै देशबीच समझदारी बन्ने सम्भावना रहेको छ । यद्यपि, उच्चस्तरीय वार्ता भने हालसम्म भएको छैन । 

यसैबीच, ट्रम्पले चीनमा आधारित कम्पनी बाइटडान्सलाई टकटक एपका अमेरिकी सम्पत्ति बेच्न दिन लागिएको समयसीमा फेरि पनि लम्ब्याउने बताएका छन् । 

१७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्ने यस एपको स्वामित्व सम्बन्धी सम्झौता व्यापार विवाद सुल्झिएपछि मात्र टुंगो लाग्ने ट्रम्पले बताएका छन्।

‘टिकटकको सम्झौता तयार छ । तर त्यो चीनमा निर्भर छ । त्यसैले अहिले सम्झौता केही समयका लागि रोकिएको छ’ ट्रम्पले भने । 

salt training

कमेन्ट गर्नुहोस्