२२ असार २०८३, सोमबार
प्रतिनिधिसभा बैठकमा ढिलाइ

संसद् अवरोध खुलाउन सभामुखको कार्यकक्षमा बैठक, विपक्षी दलहरू छुट्टै छलफलमा

जेठ १४, २०८२
काठमाडौं
संसद् अवरोध खुलाउन सभामुखको कार्यकक्षमा बैठक, विपक्षी दलहरू छुट्टै छलफलमा

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले अवरोध गरेको संसद् बैठक खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् । सभामुख घिमिरेले बुधबार मध्यान्ह बानेश्वरस्थित संसद् भवनमा रहेको कार्यकक्षमा सभामुखले दलहरूसँग छलफल गरेका हुन् । 

गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका विपक्षी दल र कुनै हालतमा राजीनामा नगर्ने सत्तापक्षको अडानका कारण संसद बैठक बस्न ढिलाइ भएको हो । सत्तापक्षले संसदमा गृहमन्त्री लेखकलाई सम्वोधन गर्न दिन माग गरेको  छ। 

सभामुखको कार्यकक्षमा जारी छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक सहभागी छन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले अवरोध गरेपछि मंगलबारको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । 

बुधबारको बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ । 

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेका विपक्षी दलहरू पनि छलफलमा जुटेका छन् । जेठ १५ गते संसदमा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेकोले त्यसबारे धारणा बनाउन विपक्षी दलहरू पनि छलफलमा जुटेका हुन् । 

बिहीवार अपरान्ह बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ बजेट पेश गर्ने कार्यक्रम छ ।

विपक्षी दलले अवरोध गरे मार्सल लगाएर भएपनि बजेट पेश गर्ने निचोडमा सत्तारुढ दल पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्