
दाङमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भूपेन्द्र खत्री रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
भूपेन्द्रले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।