२१ असार २०८३, आइतबार

नेपाली सेनाको प्रवक्तामा बस्नेत

जेठ २२, २०८२
काठमाडौं
नेपाली सेनाको प्रवक्तामा बस्नेत

नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।

यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

उनको नाम सिफारिस भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइसकेको छ ।

नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । 

सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ ।

राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले जिम्मेवारी सम्हाल्ने छन् ।

कमेन्ट गर्नुहोस्