१९ असार २०८३, शुक्रबार

तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै

जेठ २२, २०८२
काठमाडौं
तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै

​​काठमाडौंको तीनकुने घटनाका अभियुक्त दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादी रहेको मुद्दाको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक प्रयोजनका लागि सुनुवाइ शुरू भएको हो ।

राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा उनीहरूविरुद्ध सुनुवाइ भइरहेको छ ।

गत चैत १५ गते राजवादीहरूले गरेको आन्दोलनमा भएको तोडफोड, आगजनीसहित व्यक्तिको समेत मृत्यु भएपछि प्रहरीले प्रसाईंसहितका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

शुरूमा प्रसाईं फरार रहे पनि पछि प्रहरीले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्