
कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका- १० मुक्ति टोलका ५० वर्षीय कालु सुनार छन् ।
४८ वर्षीया श्रीमती जुनादेवी सुनारको हत्या गरेको आरोपमा उनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका- २ ट्राफिक चोकबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।