सुन तस्करी मुद्दाकी फरार प्रतिवादी अमला रोका पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रोकालाई शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
एसएसपी होबिन्द्र बोगटीले रोकालाई काठमाडौंबाट पक्राउ गरिएको लोकान्तरलाई जानकारी दिए ।
अमला सुन तस्करी प्रकरणमा हाल थुनामा रहेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई खोजिरहेको थियो । उनीविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।
पूर्व उपराष्ट्रपति एवं माओवादी उपाध्यक्ष नन्दबहादुर पुनसँग निकट रहेकी अमला दावासँगै सुन तस्करीमा लागेकी थिइन् । माओवादी कार्यकर्ता समेत रहेकी उनी लामो समयदेखि फरार थिइन् ।
पढ्नुहोस्, यो पनि:
सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला