१४ असार २०८३, आइतबार

रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु

असार ७, २०८२
बुटवल
रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु

रुपन्देहीमा शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको छ । 

मायादेवी गाउँपालिका–७, गरगट्टी चम्रौटी टोलको मोडमा टिप्परको ठक्करबाट सम्मरीमाई गाउँपालिका–५ का २० वर्षीय समिर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो । खान र ठाकुर विद्यार्थी हुन् ।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ठक्कर दिने टिप्पर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्