२८ असार २०८३, आइतबार

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

असार १०, २०८२
तनहुँ
गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगितामा प्रदेशभित्रका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पण्डितले जानकारी दिनुभयो । उद्घाटन खेल व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा खेलाइएको थियो भने आज र भोलिका खेल व्यास नगरपालिका–१ फुटसल मैदानमा हुनेछन् ।

प्रतियोगिताअन्तर्गत पहिलो दिनका पाँच खेल सम्पन्न भएका छन् । तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ तथा तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्