१४ असार २०८३, आइतबार

गुरु पूर्णिमा प्रधानमन्त्रीको सन्देश- हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्

असार २६, २०८२
काठमाडौं
गुरु पूर्णिमा प्रधानमन्त्रीको सन्देश- हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै  सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । 

सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र  त्यस्तो दीप विवेक भएको बताएका छन् । 

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, 'हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् ।'

गुरु पूर्णिमा हिन्दू परम्परामा वेदव्यासको स्मृतिमा मनाइने विशेष पर्व हो। आजको दिन गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालय, मन्दिर, आश्रम, संस्कृत पाठशाला र गुठी संस्थानमा विशेष पूजाआजा तथा सम्मान कार्यक्रम आयोजना हुने गर्छन्

salt training

कमेन्ट गर्नुहोस्