
अवैध लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-३ घर भएका ३२ वर्षीय निकु राई रहेका छन् ।
उनलाई काठमाडौं महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ हजार ५ सय ९० ट्याब्लेट र अवैध लागूऔषध गाँजा १२ किलो ५ सय ग्रामसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।