०२ साउन २०८३, शनिबार

नेपाल वायुसेवा निगमद्वारा ५३ करोड रुपैयाँभन्दा बढी ऋण भुक्तानी

साउन १, २०८२
काठमाडौं
नेपाल वायुसेवा निगमद्वारा ५३ करोड रुपैयाँभन्दा बढी ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋण अन्तर्गत २०८२ असार मसान्तसम्म ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ। निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

निगमका अनुसार यो रकम दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको किस्ताबापत तिरिएको हो।
दुईवटा न्यारोबडी जहाजको किस्ता पूरै भुक्तानी भइसकेको छ भने वाइडबडी जहाजको आंशिक किस्ता तिरिएको निगमले जनाएको छ।

निगमले हालसम्म जहाज खरिद सम्बन्धी ऋण तिर्ने क्रममा जम्मा ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ।

निगमका अनुसार कोभिड–१९ महामारीको प्रभावले अन्तर्राष्ट्रिय उडान र आम्दानीमा ठूलो असर परेकोले ऋण तिर्ने प्रक्रियामा थप सहजता ल्याउन प्रयास भइरहेको छ।
त्यसैअनुसार, ब्याजको ब्याज, हर्जाना तथा जरिवाना छुट गर्न तथा किस्ता संख्या वृद्धि गरी तिर्न सक्ने व्यवस्था मिलाइदिन निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई औपचारिक अनुरोध पठाइसकेको प्रवक्ताद्वय मनोज कुमार साह र सुवास डाँगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्