३१ असार २०८३, बुधबार

श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

साउन २, २०८२
काठमाडौं
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान समृद्ध नेपालको आधारशिला भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् एक धारणा सार्वजनिक गर्दै उनले श्रम विना प्रगति सम्भव नभएको र श्रमिकको सम्मान विना समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन्।

शुक्रबार फेसबुकमा उनले लेखेका छन्, 'श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।' प्रधानमन्त्री ओलीले विगतमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेर श्रमिकको भविष्य सुरक्षाको दिशा तय गरिएको स्मरण गराएका छन्।

उनका अनुसार सो कार्यक्रममार्फत् हालसम्म करिब २१ लाख श्रमिक सहभागी भइसकेका छन्, जुन श्रमिकमैत्री नीतिको महत्वपूर्ण उपलब्धि हो।

प्रधानमन्त्री ओलीले हालै सरकारले साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपैयाँबाट बढाएर १९ हजार ५५० रुपैयाँ पुर्‍याउने निर्णय गरेको कुरालाई पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्, 'श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ।'
 

salt training

कमेन्ट गर्नुहोस्