२४ असार २०८३, बुधबार

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

साउन २, २०८२
काठमाडौं
आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
फाइल फोटो

हत्या अभियोगमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित ५ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।

महान्यायाधिवक्ता कार्यालयले आलमसहित महाताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले दिएको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।

वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गरेको फैसला त्रुटिपूर्ण रहेको हुनाले उक्त फैसला बदरको माग सहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

थारू र महर्जनको वीरगन्ज इजलासले २०८२ जेठ १४ गते बुधबार आलमलाई सफाइ दिएको हो ।

उक्त मुद्दामा रौतहट जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको थियो ।​

सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेपछि सर्वोच्च अदालतले दुवै जनालाई काजमा सर्वोच्च अदालत तानेको छ । त्यस विषयमा न्याय परिषद्ले समेत छानबिन गरिरहेको छ ।

यो पनि पढ्नुस् 

पूर्वमन्त्री अफताब आलमलाई सफाइ

उच्चले सफाइ दिएसँगै आफताब आलम रिहा

न्यायपरिषद्‌ बैठक : आलमलाई सफाइ दिने उच्चका न्यायाधीशद्वयलाई कारवाही गर्न दबाब

अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासमै कालो मसी प्रहार

आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस

salt training

कमेन्ट गर्नुहोस्