२१ असार २०८३, आइतबार

बुवाको हत्या आरोपमा छोरा पक्राउ

साउन ७, २०८२
सुनसरी
बुवाको हत्या आरोपमा छोरा पक्राउ

सुनसरीको देवानगञ्ज गाउँपालिका- २ निवासी ६० वर्षीय सचिव अन्सारीको हत्या गरेको आरोपमा उनकै छोरा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा सचिवका छोरा मोहम्मद रियाज अन्सारीले बुवाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।​

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्