
गुण्डागर्दीको आरोपमा पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनसहित १९ जनालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पुर्याएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न लागिएको हो ।
प्रहरीले बिहीबार राति शुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो ।
‘स्क्रिनिङ’ गरेपछि १९ जनामाथि मुद्दा चलाएर अनुसन्धान गर्नुपर्ने देखिएपछि अदालतमा म्याद थपका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले बताए ।