२१ असार २०८३, आइतबार

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

साउन २७, २०८२
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौंको तारकेश्वरमा ​जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका- २ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका- १ घर भएका ३२ वर्षीय विशाल तामाङसहित ५ जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्