
पाल्पामा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय तुलबहादुर झेडी मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।