
एसिया कप क्रिकेट प्रतियोगिताको आगामी संस्करणका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सूर्यकुमार यादवको कप्तानीमा एसिया कपका लागि टोली घोषणा गरेको हो ।
शुभमन गिललाई उप–कप्तानको जिम्मेवारी दिइएको छ । यसअघि अक्षर पटेलले टोलीमा उप–कप्तानको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । एसिया कपका लागि घोषित टोलीमा प्रभावशाली बलर जसप्रित बुमराहलाई पनि समावेश गरिएको छ ।
श्रेयष ऐयरलाई भने टोलीमा समावेश गरिएको छैन । मोहम्मद सिराजलाई पनि एसिया कपका लागि घोषित टोलीमा स्थान दिइएको छैन ।
एसिया कप क्रिकेटको १७औं संस्करण आगामी सेप्टेम्बर ९ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ ।
घोषित भारतीय टोलीमा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उप–कप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), जसप्रित बुमराह, अर्शदीप सिंह, वरुण चक्रवर्ती, कुलदीप यादव, सन्जु सामसन (विकेट किपर), हर्षित राणा र रिंकु सिंह रहेका छन् ।