
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् ।
बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ ।
सत्तारूढ कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।
बैठकमा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा लगायतका दलका नेता सहभागी भएका छन् ।
बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुबबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी छन् ।
अमेरिकाको भिसा प्रक्रियाका लागि असम्बन्धित व्यक्तिलाई सिफारिस गरेको भन्दै उपसभामुख रानाको विषय अघिल्लो वर्ष पनि उठेको थियो । तर, बीचमा यत्तिकै सेलायो ।
कांग्रेस-एमालेले फेरि यो विषय ब्यूँताएका छन् ।