२२ असार २०८३, सोमबार

यी हुन् दल फेरेर  असफलता व्यहोर्नेहरू

मंसिर २६, २०७४
यी हुन् दल फेरेर  असफलता व्यहोर्नेहरू

काठमाडौं, २६ मङ्सिर-  एमालेबाट माओवादी, नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गर्दै धनुषा-२ बाट निर्वाचन लडेका रामचन्द्र झाले  चुनावमा हार व्यहोर्नुपर्‍यो । 
उनी संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । उता, राप्रपा छाडेर एमालेको सूर्य चिह्न लिएर निर्वाचन लडेका गंगाप्रसाद यादव सिरहा-१ मा कांग्रेसका उम्मेदवार प्रदीप गिरीसँग पराजित भए । यसैगरी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा विलय भएपछि कैलाली-३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका रामजनम चौधरीले पनि पराजय व्यहोर्नुपर्‍यो । उनी माओवादी केन्द्रका गौरीशंकर चौधरीसँग पराजित भए ।

यता, फोरम लोकतान्त्रिक हुँदै निर्वाचनअघि कांग्रेस प्रवेश गरेका गोपाल दहित पनि प्रतिस्पर्धामा तल परे । दहित बर्दिया-२ बाट माओवादी केन्द्रका सन्तकुमार थारूसँग पराजित भएका छन् ।

एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरी चुनाव लडेका मोहनसिंह राठौर एमालेका उम्मेदवार झपटबहादुर रावलसँग पराजित भएका छन् । राठौर विगतमा शिक्षा राज्यमन्त्री छँदा रावल उनका निजी सचिव थिए । यस्तै, राजपा छाडेर सूर्य चिह्नमै लडेका राजपाका अर्का नेता पशुपतिदयाल मिश्र पनि बाँके-२ बाट हारे ।

मिश्रलाई संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले पराजित गरेका हुन् । यता, माओवादीबाट कांग्रेस प्रवेश गरेका सर्लाही-१ का उम्मेदवार शम्भुलाल श्रेष्ठ प्रतिस्पर्धामा तेस्रो नम्बरमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्