२२ असार २०८३, सोमबार
महरविरुद्ध साइबर मुद्दा

पक्राउ पूर्जी जारी भएपछि प्रहरीमा उपस्थित भए ऐन महर

भदौ ११, २०८२
काठमाडौं
पक्राउ पूर्जी जारी भएपछि प्रहरीमा उपस्थित भए ऐन महर

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएपछि बुधबार उनी आफैं प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । 

एक महिलाले हुलाकमार्फत् पठाएको जाहेरी दर्ता गरेर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । 

पक्राउ पूर्जी जारी भएपछि महर आफैं ब्यूरोमा उपस्थित भएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार महरलाई म्याद थपका लागि अदालतमा पठाइएको छ । 

‘हुलाकबाट उजुरी आएपछि हामीले दर्ता गरेर पक्राउ अनुमति लिएका थियौं, महर आफैं उपस्थित हुनुभयो’, एसपी अवस्थीले लोकान्तरसँग भने, ‘अदालतमा म्याद थपका लागि लगेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्