२२ जेठ २०८३, शुक्रबार

रुकुम पूर्वमा बेवारिसे भरुवा बन्दुक बरामद

भदौ ११, २०८२
काठमाडौं
रुकुम पूर्वमा बेवारिसे भरुवा बन्दुक बरामद

रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ भुरुङ्गास्थित दमार खोलाको जंगलमा प्रहरीले बेवारिस अवस्थामा लुकाइ–छिपाइ राखिएको एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी धपेका प्रमुख प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलको कमान्डमा खटिएको चार जनाको टोलीले बुधबार बिहान करिब १० बजे गस्ती गर्ने क्रममा बन्दुक फेला पारेको हो ।

बरामद गरिएको बन्दुक दुई टुक्रामा विभाजित अवस्थामा भेटिएको थियो । उक्त बन्दुक अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्