०९ साउन २०८३, शनिबार

जसपाका मधेशका प्रदेश अध्यक्ष यादव पक्राउ

भदौ २५, २०८२
काठमाडौं
जसपाका मधेशका प्रदेश अध्यक्ष यादव पक्राउ

जसपाका मधेश प्रदेशका अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।

यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई गाली गरेको तथा आपराधिक उपद्रव र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ ।

यादव र एसपी खड्काबीचको टेलिफोन वार्तालाप सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्