२७ असार २०८३, शनिबार

मोरङ कारागारका कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर

भदौ २५, २०८२
विराटनगर
मोरङ कारागारका कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर

विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ ।

नाराबाजी गर्दै कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको हो ।

अहिले कारागार क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।

कैदीबन्दीका आफन्तसमेत कारागारको गेटअगाडि आएर होहल्ला गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।

अहिले स्थिति नियन्त्रणमा आएको र कैदीबन्दीका आफन्तलाई कारागार क्षेत्रबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्