१६ असार २०८३, मंगलबार
सुरक्षा अपडेट

विभिन्न जेलबाट भागेका थप १९९ कैदी पक्राउ, ९४ वटा हतियार बरामद

भदौ २६, २०८२
काठमाडौं
विभिन्न जेलबाट भागेका थप १९९ कैदी पक्राउ, ९४ वटा हतियार बरामद

नेपाली सेनाले बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान साढे १० बजेसम्म विभिन्न जेलबाट फरार भएका १९९ जना कैदी र ९४ नाल हतियार बरामद गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सप्तरीस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । 

निर्देशनालयका अनुसार १२ जना कैदी कञ्चनपुर कारागारमा आफैँ हाजिर भएका छन् । रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले गोली चलाएको छ । 

गोली लागेर १२ जना घाइते भएको र दुई जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । काभ्रेको बनोपास्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्