२२ असार २०८३, सोमबार

बैंकमा तरलता अभाव : कर्जा रोक्ने तयारी

पुस ११, २०७४
बैंकमा तरलता अभाव : कर्जा रोक्ने तयारी

काठमाडौं, ११ पुस-  तरलता अभाव भएपछि बैंकहरूले कर्जा रोक्ने तयारी गरेका छन्। तरलता अभाव थप चर्कंन नदिन कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आएको बैंकरले बताएका छन्। नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले तत्कालका लागि कर्जा रोक्नुको विकल्प नभएको बताए।

‘तरलता अभावका कारण निक्षेपको ब्याज बढाएर महँगो कर्जा प्रवाह गर्नुपर्ने वाध्यतामा हामी छौं,’ उनले भने, ‘त्यसो गर्नुभन्दा बैंकले प्रतिबद्धता गरे बाहेक नयाँ कर्जा रोक्नुपर्छ। हामी नयाँ कर्जा दिन सक्ने अवस्थामा छैनौं।’
ब्याज बढाएर निक्षेप आकर्षण गर्नुभन्दा कर्जा प्रवाह रोक्नु राम्रो हुन्छ भन्ने निष्कर्षमा बैंक पुगेका छन्। बैंकले कर्जा प्रवाहमा रोक लगाए आर्थिक गतिविधिमा संकुचन आउनेछ। लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए। उनले भने, ‘बंैकसँग लगानी गर्ने पैसा छैन। महँगो ब्याजमा निक्षेप आर्कषण गर्ने गलत बाटो अपनाउनुभन्दा कर्जा नदिनु राम्रो हुन्छ। केही दिनपछि हामी पनि नयाँ कर्जा दिँदैनौं।’ सानिमा जस्तै अन्य केही बैंक पनि कर्जा रोक्ने तयारीमा छन्। केहीले अघोषित रूपमा कर्जा दिन छाडिसकेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्