२२ असार २०८३, सोमबार

‘पहाडका ब्राम्हण पुरुषलाई आत्महत्या गर्ने छुट’ यो प्रसंङ्ग किन उठ्यो प्रचण्डको अगाडि ?

कात्तिक २०, २०७४
‘पहाडका ब्राम्हण पुरुषलाई आत्महत्या गर्ने छुट’ यो प्रसंङ्ग किन उठ्यो प्रचण्डको अगाडि ?
काठमाडौं ९ माघ - ‘एक दिन रमेशजी (काग्रेस नेता रमेश लेखक) सुईय –थाकेको अनुभव) गर्दै आउनु भयो । मैले सोधे, रमेशजी मौलिक अधिकारको विषय टुङ्याउनु भयो ? रमेशजीले भन्नुभयो, पहाडका पुरुष ब्राह्मणलाई आत्महत्या गर्ने छुट चाही छुट्यो !’

संविधानसभाका अध्यक्ष पूर्वसभामुख सुवास नेम्वाङले आइतवार संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको पुस्तक विमोचान समारोहमा संविधान निर्माण गर्दाको समयमो प्रसङ्ग कोट्याए । रमेश लेखक समेत उपस्थित कार्यक्रममा नेम्वाङले रमेश लेखकले संविधान निर्माणका दौरान भन्ने गरेको राजमार्गको ढावामा ट्रक ड्राइभर रोएिको किस्सा पनि सुनाए ।

नेपालको संसदीय इतिहासको बारे लेखिएको पुस्तक बिमोचन कार्यक्रममा पुराना पत्रकारहरुले नेपालको संसदीय व्यवस्थाका कमजोरीको कुरा उठाएपछि नेम्वाङले संविधान निर्माण गर्दाको स्मरण सम्झेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ति लगायत दलका नेता र संसाद उपस्थित थिए ।
संविधानले सबै समुदायका अधिकार सुनिश्चित गरेको उदाहरण दिन उनले रमेश लेखकले भनेके सो प्रसङ्ग उठाएका थिए ।

‘तराई मधेसका ब्राम्हण पनि मधेसको कोटामा सुविधा लिने, अवसरबाट वञ्चित पहाडी ब्राम्हण युवा मात्र भए भनेर रमेशजीले भन्नु हुन्थ्र्यो’ नेम्वाङले स्मरण गरे ।

नेम्वाङले संविधान कार्यान्वयन गर्नु बाहेकको विकल्प नभएको बताए । ‘भारतमा ६५ प्रतिशतको समर्थनमा संविधान जारी भएको थियो, अमेरिकामा ५२ प्रतिशतको समर्थनमा मात्र’ नेम्वाङले भने, ‘यतिधेरै जनप्रतिनिधिको समर्थनमा संविधान जारी भएको नेपालमा मात्र हो । यो संविधान कार्यान्वयन हुनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्