२१ असार २०८३, आइतबार

बलात्कार र हत्याविरुद्ध माइतीघरमा दलित अधिकारकर्मीको प्रदर्शन

फागुन २७, २०८२
काठमाडौं
बलात्कार र हत्याविरुद्ध माइतीघरमा दलित अधिकारकर्मीको प्रदर्शन

देशभर दलित समुदायमाथि हिंसा, बलात्कार र हत्याका घटना बढिरहेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

दलित अधिकारकर्मीहरूले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । 

पीडितको न्यायका लागि आवाज उठाउन र दिवंगत आत्माको शान्तिका लागि प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

उनीहरूले ‘पितृसत्ता मुर्दावाद, सरकार बद्लियो समाज बद्लिएन, सत्ताहरू फेरिरहन्छन् दलितहरू मरिरहन्छन्, हामीलाई न्याय चाहियो’ लगायतका प्लेकार्ड बोकेका थिए ।

उनीहरूले केही दिन पहिले सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकको न्यायको माग गरेका छन् । बलात्कार र हत्यामा संलग्नलाई कानूनी कारबाही गर्न उनीहरूको माग छ । 

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्