
काठमाडौं २३ पुस– प्रदेश नम्बर ५ को राजधानीको रुपमा चर्चा गरिएको दाङमा काठमाडौंदेखि हवाइ उडान शुरु भएको छ ।
दाङका नवनिर्वाचित सांसद एवं विनाविभागिय उपप्रधानमन्त्री कृष्णबहादुर महरासहितका यात्रु लिएर समिट एयरको जहाज आइतवार त्यसतर्फ उडेको छ ।
विमानमा नेकपा एमालेका नेता प्रकाश ज्वाला, तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे लगायत छन् । विमानस्थल निर्माण भएको लामो समय वितिसक्दा पनि दाङमा हवाइजहाज उडन सकेको थिएन । चुनाव प्रचारका क्रममा महरा र एमालेका शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए ।