२२ असार २०८३, सोमबार

यस्ता छन् टिम्मुरका फाइदा !

पुस २८, २०७४
यस्ता छन् टिम्मुरका फाइदा !

काठमाडौं, २८ पुस– आयुर्वेदिक प्रणालीअनुसार टिम्मुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग हुँदा दाँत दुखेको निको गर्न तागत दिने औषधिको रुपमा हुन्छ । 

-ज्वरो आउँदा, झाडावान्ता र हैजाले सताउँदा टिम्मुर सेवन गर्दा उपयोगी हुन्छ । 

-टिम्मुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाका रुपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा नियमित टिम्मुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ ।  जाडो मौसममा बढी लाभदायी हुन्छ । 

-हाडजोर्नी दुख्दा, पेट दुख्दा, लेक लाग्दाको औषधिका रुपमा समेत टिम्मुरको प्रयोग गर्न सकिन्छ । 

-आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिम्मुरको प्रयोग गरेको पाइन्छ ।
नयाँ पत्रिकाबाट
 

salt training

कमेन्ट गर्नुहोस्