२७ जेठ २०८३, बुधबार

बालुवाटार बैठकः सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा गर्ने निर्णय

कात्तिक २०, २०७४
बालुवाटार बैठकः सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा गर्ने निर्णय
काठमाडौं, ११ माघ– नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेशी मोर्चाका शीर्ष नेताहरु सम्मिलित बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने गरी छलफललाई सघन रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले सहमतिमै राजनीतिक निकास खोज्न छलफललाई तिब्रता दिने निर्णय गरेको हो ।morcha and sattarudh
मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन र स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनका विषयमा छलफल केन्द्रित थियो ।
बैठकमा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा मागेका थिए । बैठकले सत्ता पक्ष, प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुबीच सहमति जुटाएरै संविधान संशोधन, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणाबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनका लागि संसदमा दर्ता गरिएको प्रस्तावलाई सबैको सहमतिमा परिमार्जन गर्न छलफललाई तिब्रता दिने र सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठी लगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्