२० असार २०८३, शनिबार

बाबुरामले भने- चारवटा प्रदेशको राजधानी पञ्चायतकालको जत्तिको सन्तुलित पनि भएन

बाबुरामले भने- चारवटा प्रदेशको राजधानी पञ्चायतकालको जत्तिको सन्तुलित पनि भएन
फाइल फोटो

काठमाडौं, ४ माघ- नयाँ शक्त नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले तोकेको प्रदेश राजधानी पञ्चायतकालको जत्तिको पनि सन्तुलित नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बिहान ट्वीट गर्दै भट्टराईले प्रदेश नम्बर १, ५ र ७ को राजधानी सन्तुलित ढंगले चयन हुन नसकेको प्रतिक्रिया दिएका हुन् । ३ नम्बर प्रदेशको राजधानी पनि केही हदसम्म असन्तुलित नै रहेको उनको प्रतिक्रिया छ ।

'प्रदेशका अस्थायी केन्द्र तोक्ने क्रममा संघीयताको मर्मविपरीत दल र नेताका निजी स्वार्थ हावी हुनु अत्यन्त दु:खद् र खेदजनक छ । खासगरी प्रदेश १, ५ र ७ ( केही हदसम्म ३ ) मा पञ्चायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिनु अत्यन्त आपत्तिजनक छ। अब बस्ने प्रदेशसभाले मिलाओस्!' भट्टराईले ट्वीट गरेका छन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश नम्बर १ को विराटनगर, ३ को हेटौँडा, ५ को बुटवल र ७ को धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्