२२ असार २०८३, सोमबार

‘सरकार लम्पसार परेपनि संसद लम्पसार पर्नु हुदैन सभामुख महोदय !’

कात्तिक २०, २०७४
‘सरकार लम्पसार परेपनि संसद लम्पसार पर्नु हुदैन सभामुख महोदय !’
काठमाडौं १२ माघ –भारतीय विमानका एयर मार्सललाई काठमाडौंमा बस्न दिने विषयमा  भारतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन सांसदले माग गरेका छन् ।

व्यबस्थापिका संसदको बुधवार बसेको बैठकको विशेष समयमा नेपाली काग्रेसका सांसद धनराज गुरुङले सरकारले एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा भारतीय सेनालाई प्रवेश दिने सम्झौता गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘यस्तो गम्भीर बिषयमा सरकारले अधिकारीसँग स्पष्टीकरण नसोध्नु आपत्तिको बिषय हो’ गुरुङले भने ‘सरकार दक्षिण सामु लम्पसार भएपनि संसद लम्पसार पर्नु हुदैन सभामुख मोहदय ।’ उनले नेपाली आमाको छातीमाथि पराइ सेनाले कुल्चने कुरा मान्न नसकिने बताए । सांसद गुरुङले नेपालमा विखण्डनको वतास चलाउन थालिएको बताए ।

‘राष्ट्रियता माथि धावा बोल्ने सीके राउतप्रति कानमा तेल हालेर बसेको छ’ गुरुङले भने ‘राष्ट्रियताको पक्षमा सत्तापक्ष र विपक्ष हुँदैन, पहाडे मधेश हुदैन । बर्णपनि हुदैन ।’ गुरूङले सीके राउतका गतिविधि प्रति सरकार माैन रहेकाे भन्दै अापत्ति जनाए ।

salt training

कमेन्ट गर्नुहोस्