१४ असार २०८३, आइतबार

लालु यादव तेस्रो मुद्दामा पनि दोषी ठहर, आजै सजाय सुनाइने सम्भावना

लालु यादव तेस्रो मुद्दामा पनि दोषी ठहर, आजै सजाय सुनाइने सम्भावना

काठमाडौं, १० माघ — भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटालाको चाईबासा कोषागार भ्रष्टाचार मुद्दामा सीबीआईका विशेष न्यायाधीश स्वर्ण शंकर प्रसादले फैसला सुनाउँदै दोषी ठह–याएका छन् । 

लालुलाई दिउँसो सबा २ बजेपछि सजाय सुनाइने सम्भावना छ । लालु देवघर कोषागार भ्रष्टाचारको एक मुद्दामा सजाय पाएर बिरसा मुण्डा जेलमा थुनिएका छन् । 

अहिलेको मुद्दाको अन्तिम बहस १० जनवरीमा भएको थियो र अदालतले फैसला पछि सुनाउने बताएको थियो । सीबीआईको आर्थिक अपराध शाखाका एक वरिष्ठ अधिकारीले ९५० करोड भारुको चारा घोटालामा चाईबासा कोषागारबाट ३५ करोड ६२ लाख भारु गलत ढंगले निकालेको विषयमा सीबीआईको विशेष अदालतले लालुलाई दोषी ठहर गरेको हो । 

लालुको चारा घोटालासम्बन्धी तीन मुद्दा यी हुन् :

पहिलो : चाईबासा मुद्दामा पाँच वर्षको कारावास सजाय

दोस्रो : देवघर कोषागारको मुद्दामा साढे तीन वर्षको सजाय पाएर राँचीको बिरसा मुण्डा जेलमा बन्द ।

तेस्रो : चाईबासा कोषागार भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्