०२ साउन २०८३, शनिबार

प्रदेश संयोजक नै संसदीय दलको चुनावमा पराजित, मुख्यमन्त्रीमा महिला शून्य !

प्रदेश संयोजक नै संसदीय दलको चुनावमा पराजित, मुख्यमन्त्रीमा महिला शून्य !

काठमाडाैं, २६ माघ- प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य पराजित भएकी छिन् । प्रदेशसभाका जेष्ठ सदस्यसमेत रहेका डोरमणि पौडेलसँग शाक्य पराजित भएकी हुन् । 

ललितपुरमा शुक्रबार सम्पन्न चुनावमा डोरमणिले ३४ मत पाएका थिए भने शाक्यले २४ मत ल्याइन् । ५८ मत खसेको थियो । 

डोरमणि ओली गुटका हुन् । उनी अब प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 

प्रदेश संयोजकको हार

नेकपा एमाले ३ नम्बर प्रदेशकी संयोजक तथा पार्टी उपाध्यक्ष शाक्य पराजित भइन् । माधव नेपाल पक्षको सहानुभूति पाएकी शाक्यलाई चुनाव जिताउन ओलीले समेत चाहेको बताइने गरेको थियो । तर उनलाई सर्वसम्मत गराउनेतर्फ भने पार्टीले कुनै कदम चालेन ।

जातीय क्लष्टर र महिलाको मुख्यमन्त्रीमा उपस्थितिका लागि पनि शाक्यलाई मुख्यमन्त्री बनाउनु पर्ने आवाज एमालेभित्र उठे पनि स्थायी समितिले संसदीय दलको नेताको चुनाव गर्ने निर्णय यसअघि नै गरेको थियो ।

यससँगै प्रदेशको पहिलो मुख्यमन्त्री महिला बन्ने सम्भावना टरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्